७ दिनभित्र बागलुङ राजमार्गको अवैध संरचना हटाउन वडा ५ को निर्देशन
पाेखरा | भदौ २८, २०७९
पोखरा : पोखरा महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्षले वडाका फुटपाथ पसल र अनाधिकृतरुपमा निर्माण भएका संरचना हटाउन सूचना जारी गरेको छ ।
महानगर र वडाबाट स्वीकृति नलिइकन निर्माण भएका स्थायी, अस्थायी टहरा र अतिक्रमित जग्गामा एवं मापदण्ड विपरित निर्माण भएका संरचना हटाउने अभियान चलेको उल्लेख गर्दै वडा कार्यालयले ७ दिन भित्र संरचना हटाउन सुचना प्रकाशित गरेको हो ।

सुचनामा भनिएको छ, ‘वडा कार्यालयमा स्वीकृति नलिइकन निर्माण भएका स्थायी तथा अस्थायी टहरासमेतका अतिक्रमति जग्गामा एवम् मापडण्ड विपरित निर्मित संरचना हटाउने अभियान चलिरहेको हुँदा स्वीकृत नलिइकन निर्माण भएका संरचनाहरु ७ दिनभित्र हटाइदिनुहुन यो सुचना प्रकाशित गरिएको छ ।
सुचनामा ७ दिनभित्र पहिलो चरणमा जिरो किलोमिटर देखि उत्तरतर्फ र बागलुङ राजमार्गको दायाँबायाँको सडकमा महानगर र वडाको स्वीकृति नलिइकन निर्माण भएको संरचना हटाउन निर्देशनसमेत दिइएको छ ।
७ दिन भित्र संरचनाहरु सम्बन्धित सरोकारवाला व्यक्तिबाट संरचना नहटाए प्रचलित कानुन बमोजिम हटाउँदाको खर्चसमेत असुल हुने सुचनामा बताइएको छ ।
अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको बताएको छ। सेन्टकमका अनुसार ...
पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...
पोखरा । स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ । परम्परागत रूपमा सञ्चा...

